मधेस प्रदेशकी पूर्व राज्यमन्त्री डिम्पलकुमारी झाको निधन

  • नेपाल राष्ट्रिय दैनिक
  • April 24, 2022
Dimpal Kumar Jha

मधेस प्रदेशकी पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झाको निधन भएको छ ।

उहांको आज बिहान काठमाडौंको रानीबारीस्थित आफ्नै निवासमा निधन भएको हो ।उहांको करिब डेढ महिनादेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । झा प्रजातान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता तथा पूर्वमन्त्री अनिलकुमार झाकी पत्नी हुन्।
झा हाल मधेस प्रदेशको प्रदेश सभा सदस्यसमेत रहनुभएको थियो ।

पारिवारिक सदस्यका अनुसार अन्तिम श्रद्धाञ्जलीका लागि झा को पार्थिव शरीरलाई रौतहटको मसहरीमा लैजाने तयारी गरिएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५