नेप्से दोहोरो अंकले गिरावट

  • नेपाल राष्ट्रिय दैनिक
  • April 5, 2022
share market 1624962316

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४६ दशमलव ४६ अंकले घटेर २ हजार ४५२ दशमलव ६ अंकमा बन्द भएको छ। यो साताको लगातार तीन दिन नेप्से दोहोरो अंकले घटेको छ ।

२ हजार ४९८ दशमलव ५३ अंकमा खुलेको बजार इन्ट्राडे कारोबारमा सिधै ओरालो लागेको थियो । लगानीकर्ताको आत्मविश्वास घट्दै गएपछि साताको पहिलो तीन दिन देशको दोस्रो बजार झन्डै ९२ अंकले घटेको छ ।

एकै दिनको कारोबार भने सोमबार १ अर्ब ५८ करोड रुपैयाँबाट २ अर्ब ६७ करोड पुगेको छ । व्यक्तिगत कम्पनीहरूमध्ये हिमालयन डिस्टिलरी लिमिटेडले सबैभन्दा बढी ९६.७९ करोड रुपैयाँको शेयर कारोबार गरेको छ ।

होटल र पर्यटन बाहेक अन्य १२ व्यापार समूहको सेयरको औसत मूल्य घटेका कारण रातो पोष्ट भएको छ । जीवन बीमा र निर्जीवन बीमा क्रमशः ४३२.२८ अंक र ३४६.८४ अंकले घटेको छ ।

यस दिन इमर्जिङ नेपाल लिमिटेड सबैभन्दा धेरै अंकले घटेको छ भने नेस्डो सम्वृद्ध लघुवित्त वित्तीय संस्था सबैभन्दा धेरै अंकले बढेको छ ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५