स्थानीय निर्वाचनलाई लक्षित गरी सिमावर्ती जिलाको सुरक्षा व्यवस्था कडा

  • नेपाल राष्ट्रिय दैनिक
  • २९ चैत्र २०७८, मंगलवार १५:४७
APF at Nepal India Border

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरीले भारतसंग सिमा जोडिएका सिमावर्ती जिल्लाहरुमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

केन्द्रिय प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार के.सी का अनुसार विशेषगरी सीमावर्ती क्षेत्रमा थप निगरानी बढाउने र सिमामा प्रवेश गर्ने व्यक्तिहरुको सुरक्षा जांच कडा गरेर सिमामा आउने जाने व्यक्तिहरुको गतिबिधिमा निगरानी राख्ने काममा पर्याप्त ध्यान दिइने बताउनु भएको छ। त्यस्तै चुनाव हुनुभन्दा ४८ घण्टा अघि सम्बन्धित पक्षहरुबिच छलफल गरेर सिमा नाकाहरु पनि सिल गरिने उहांले जानकारी दिनुभएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक रमेश बस्नेतले विशेषगरी जिल्ला प्रहरी कार्यालय मातहतका इकाइहरु परिचालन गरी शहरी तथा ग्रामीण क्षेत्रका सबै सीमावर्ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको बताउनुभएको छ ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५