प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा चुनावी मोडालिटीबारे छलफल

  • नेपाल राष्ट्रिय दैनिक
  • April 11, 2022
gathbandhan meeting

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनको शीर्ष नेताहरूको बैठक चलिरहेको ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको ५ दलीय निर्वाचन तयारी तथा अनुगमन समितिले हिजो सबै दलको स्थानीय तहमा भएको पछिल्लो अवस्थाबारे संकलन गरेको विवरणका आधारमा तयार पारेको सुझावसहितको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको छ ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता एवं अनुगमन समितिका संयोजक पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेता कृष्ण सिटौलालगायत नेताहरुको उपस्थिति रहेको छ।
त्यस्तै गरि नेकपा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, देव गुरुङ छन् । नेकपा एसबाट सम्मानित नेता झलनाथ खनाल, उपमहासचिव विजय पौडेल ,जसपाबाट अशोक राई, रेणुकुमारी यादव र जनमोर्चाबाट दुर्गा पौडेलको सहभागिता रहेको छ।

बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपा कार्यकारिणी परिषद्का अध्यक्ष उपेन्द्र यादव भने छैनन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५