नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित

  • नेपाल राष्ट्रिय दैनिक
  • २५ चैत्र २०७८, शुक्रबार २०:५८
governer 0842022111103 1000x0 1

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

डेपुटी गभर्नर निलम ढुंगाना तिमिल्सिनालाई राष्ट्र बैंकको कार्यवाहक गभर्नरको जिम्मेवारी दिइएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

सरकारले उनलाई किन निलम्बन गर्ने निर्णय गरेको हो भन्ने तत्काल खुल्न सकेको छैन । अधिकारीमाथि सञ्चारमाध्यमलाई गोप्य सूचना सार्वजनिक गरेको आरोप लागेको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच पछिल्लो समय राम्रो सम्बन्ध नरहेको स्रोतले जनाएको छ ।

यसअघि अर्थमन्त्री शर्माले अछामका पृथ्वीबहादुर शाहको खाताबाट करोडौं अमेरिकी डलर निकाशा गरिदिने भन्दै नेपाल राष्ट्र बैंकको सञ्चालक समितिका एक सदस्यले बार्गेनिङ्ग गरेको आरोप सार्वजनिक गरेका थिए । अर्थमन्त्री शर्माले रकम निकासा गर्न राष्ट्र बैंकलाई अनावश्यक दबाब दिएको सञ्चारमाध्यममा आएपछि यस्तो भएको हो ।

राष्ट्र बैंकले आयोजना गरेको ‘राष्ट्रिय अर्थशास्त्र तथा वित्त सम्मेलन’ विषयक कार्यक्रममा बोल्दै मन्त्री शर्माले राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीले गोप्य सूचना सञ्चारमाध्यममा चुहावट गरेको आरोप समेत लगाएका थिए ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५