ललितपुरको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ।
अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएपछि एक जनाको प्लान्टभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन।
विस्फोटका कारण प्लान्टभित्र जान असम्भव भएकाले घाइते के कति छन् भन्ने यकिन नभए पनि प्रहरीको प्रारम्भिक अनुसन्धानले ५ जना घाइते भएको पुष्टि गरेको छ । घाइतेहरुलाई उपचारका लागि पाटन र बीएण्डबी अस्पताल लगिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्