लोसपा अध्यक्ष ठाकुरलाई स्वास्थ्यमा समस्या

  • नेपाल राष्ट्रिय दैनिक
  • २३ चैत्र २०७८, बुधबार १४:४५
mahantha thakur in hospital

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि उहांलाई आज हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

पार्टीको कार्यक्रमका लागि भैरहवा पुग्नुभएको ठाकुरले आफ्नो स्वास्थ्यमा समस्या आएको बताएपछि भैरहवास्थित भीम अस्पतालका चिकित्सक सिद्धार्थ पाण्डेसहितको टिम उनको उपचारमा खटिएको थियो ।

छातीमा समस्या देखिनुका साथै उच्च ज्वरो र निमोनियाको समस्या देखिएपछि थप उपचारका लागि ठाकुरालाई काठमाडौं ल्याइएको छ । काठमाडौँको मेडिसिटी अस्पतालमा ठाकुरको उपचार भैरहेको छ।

तस्विर:कान्तिपुर

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५