गृह मन्त्रालयले लागुऔषध नियन्त्रण तथा नियन्त्रणका लागि पञ्चवर्षीय गुरुयोजना तयार गरेको छ । लागुऔषध नियन्त्रण सम्बन्धी विभिन्न रणनीतिसहित लागुऔषध रोकथाम तथा नियन्त्रण राष्ट्रिय गुरुयोजना २०७९-०८४ तयार पारिएको छ । पहिलो पटक तयार पारिएको गुरुयोजना मंगलबार बसेको गृहमन्त्रीस्तरीय बैठकले पारित गरेको हो जसमा आज सम्बन्धित सबै निकायसँग छलफल भएको छ ।
गृह मन्त्रालयका अनुसार नेपालमा लागुऔषधका घटना बढ्दै गएका छन् । यसको भण्डारण, खपत, बिक्री र वितरण पनि बढेको छ । हाल नेपालका विभिन्न कारागारमा रहेका २१ प्रतिशत कैदी लागुऔषध दुव्र्यसनी छन् । त्यस्तै ९ प्रतिशत अपराध लागुऔषध सेवनका कारण हुने गरेको छ ।
गुरुयोजना कार्यान्वयनका लागि तीन तहका सरकार, प्रहरी र समुदायलाई साझेदारी गरिने मन्त्रालयले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्