गैर साँसद कानूनमन्त्रिको लागि सिफारिस

  • नेपाल राष्ट्रिय दैनिक
  • २४ चैत्र २०७८, बिहीबार १२:००
govinda bandi Pv2mWuEhak

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसद गोविन्द प्रशाद शर्मा (कोइराला )लाई कानूनमन्त्रिको लागि सिफारिस गर्नुभएको छ।

अधिवक्ता गोविन्द प्रशाद शर्मा (कोइराला )ले आज दिउँसो २ बजे कानून मन्त्रीको रुपमा सपथ लिने राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभएको छ ।

संविधानको धारा ७८ अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैर सांसदलाई राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था रहेको भएपनि त्यस्ता मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्ने अन्यथा मन्त्री पद स्वत खारेज हुने कानुनि प्रावधान रहेको छ ।

शर्मालाई कानूनमन्त्री बनाएपछि हाल कायम रहेका कानून मन्त्रि दिलेन्द्र प्रसाद वडूलाई भने उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने प्रधानमन्त्रीको तयारी रहेको बताइएको छ ।

president 1
Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५