गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल:महानगरको उमेद्द्वार भोलि टुंगो लगाउने

  • नेपाल राष्ट्रिय दैनिक
  • ४ बैशाख २०७९, आईतवार १२:२०
satta gathabandhan

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा गठबन्धनको उम्मेदवारीको विषयमा स्थानिय तहमा विवाद देखिनथालेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। उम्मेदवारकै विषयमा प्रधानमन्त्री र नेता नेपाल बीच पनि छलफल भएको छ।

विवादित महानगर र पालिकामा उमेद्द्वार टुंगो लगाउने विषयमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने निर्णय गरेको छ।

पछिल्लो समय विभिन्न जिल्लाका कांग्रेसका नेताहरुले नै गठबन्धन स्वीकार्न नसकिने भन्दै विज्ञप्ति जारी गरेपछि गठबन्धनबीचको उमेद्द्वारी विवादित बनेको छ।

यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रबाटै गर्ने सहमति गरिसकेको छ । गठबन्धनले स्थानीय तहको तालमेलको अवस्थाबारे बुझ्न केन्द्र, प्रदेश र स्थानीय तहमा संयन्त्र समेत निर्माण गरिसकेको छ ।

Share :
mantriparishad

माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ — मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन माघ १८ गतेदेखि बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।  नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । सोमबार नै संसद् अधिवेशन बोलाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओली र[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५