गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा छलफल:महानगरको उमेद्द्वार भोलि टुंगो लगाउने

  • नेपाल राष्ट्रिय दैनिक
  • April 17, 2022
satta gathabandhan

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा गठबन्धनको उम्मेदवारीको विषयमा स्थानिय तहमा विवाद देखिनथालेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। उम्मेदवारकै विषयमा प्रधानमन्त्री र नेता नेपाल बीच पनि छलफल भएको छ।

विवादित महानगर र पालिकामा उमेद्द्वार टुंगो लगाउने विषयमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा टुंगो लगाउने निर्णय गरेको छ।

पछिल्लो समय विभिन्न जिल्लाका कांग्रेसका नेताहरुले नै गठबन्धन स्वीकार्न नसकिने भन्दै विज्ञप्ति जारी गरेपछि गठबन्धनबीचको उमेद्द्वारी विवादित बनेको छ।

यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रबाटै गर्ने सहमति गरिसकेको छ । गठबन्धनले स्थानीय तहको तालमेलको अवस्थाबारे बुझ्न केन्द्र, प्रदेश र स्थानीय तहमा संयन्त्र समेत निर्माण गरिसकेको छ ।

Share :
Gauri Bahadur Karki cLqeaTrZCG

फाैजदारी अपराधमा अनुसन्धान र कारबाही गर्न आयाेगकाे प्रतिवेदन कुर्नु पर्दैन : अध्यक्ष कार्की

काठमाडौँ - "जेन जी" आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका हत्या, हिंसा, आगजनी लगायतका फाैजदारी अपराधका घटनाको छानबिन सम्बन्धमा गृह मन्त्रालयले असाेज ९ गते जारी गरेको विज्ञप्तिमा जाँचबुझ आयाेगकाे प्रतिवेदन आएपछि मात्रै कारबाही गर्नु भनेकोमा, जाँचबुझ आयाेगका अध्यक्ष गाैरीबहादुर कार्कीले जाँचबुझ आयाेगकाे प्रतिवेदन कुर्न नपर्ने बताएका छन् । कार्कीले भदौ २३ र २४ गते भएका फाैजदारी कानुन आकर्षित[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५