पोखराको मेयर दाबी गर्दै कांग्रेसको प्रतिनिधिमण्डल काठमाडौंमा

  • नेपाल राष्ट्रिय दैनिक
  • April 12, 2022
pokhara mahanagar

एकीकृत समाजवादीले सत्तारुढ गठबन्धनमा पोखरा महानगरपालिकाको मेयर दाबी गरेपछि नेपाली काँग्रेस र कास्कीका नेताहरु सहितको एक प्रतिनिधिमण्डल आज काठमाडौं आएका छन् ।

प्रतिनिधिमण्डलका लागि पूर्वमन्त्री यज्ञबहादुर थापाको नेतृत्वमा जिल्ला नेताहरु काठमाडौं आइपुगेका हुन् । पोखराको मेयर पद नछाड्ने अडान लिएर काठमाडौं आइपुगेका उनीहरुले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुसँग भेट गरेर मेयर नछाड्ने गरि गठबन्धन गर्न सुझाव दिने बताएका छन् ।

पोखरामा आफुहरुले जित्ने भन्दै केन्द्रिय नेतालाई भेटेर दवाव दिन प्रतिनिधिमण्डल काठमाडौँ आएको हो। पोखरामा गठबन्धन भएर मेयर काँग्रेसले नपाए गठबन्धनका अरु कुनै पनि दलले हार्नसक्ने पनि उनीहरुले बताएका छन्।

यता, सत्तारुढ नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका नेताहरूले कांग्रेसलाई तीन महानगर र गठबन्धनमा रहेका अन्य दललाई तीन ठाउँ छोड्ने प्रस्ताव गरेका छन् । कांग्रेसले काठमाडौं, विराटनगर र ललितपुर, भरतपुर माओवादी, वीरगन्ज जसपा र पोखरा एकीकृत समाजवादीले लिने प्रस्ताव राखेका छन् ।

गत निर्वाचनमा पोखरा महानगरपालिकामा एमालेका उम्मेदवार मानबहादुर जिसीले ६० हजार ११८ मत ल्याएर विजयी भएका थिए । कांग्रेस उम्मेदवार रामजी कुँवर ४६ हजार ४१६ मतले पराजित भएका हुन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५