निलम्वित गभर्नर महाप्रसाद अधिकारीले आफु विरुद्द गरेको कारबाही फिर्ता गरि पदमा पुनर्वहाली गर्न माग गर्दै दर्ता गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ ।
आफुलाई पूर्वाग्रहि रुपमा प्रतिशोध राखेर निलम्बन गरिएको दावी गरेका गर्दै निलम्वित गभर्नर महाप्रसाद अधिकारीले आफूमाथिको निलम्बन फुकुवा गर्ने आदेश जारी हुनुपर्ने माग गरेका छन् ।
आफूमाथि छानविनका लागि गठित समितिमा रहेकाहरुको निष्पक्षतामा समेत उनले प्रश्न उठाएका छन् । आफूलाई सरकारको नीति तथा कार्यक्रममा सहयोग नगरेको भनी आरोप लगाइए पनि त्यसको प्रमाण पेश गर्न नसकेको भन्दै निलम्बित गभर्नर अधिकारीले त्यसलाई पुष्टि गर्न चुनौती दिएका छन् ।
सम्पत्ति शुद्धीकरणसँग जोडिएका कतिपय फाइलमा अर्थमन्त्री शर्माले हस्तक्षेप गर्न खोजेको र आफूले प्रतिवाद गरेको उनले रिट निवेदनमा उल्लेख गरेका छन् । त्यही कारणले निलम्बन गरिएको उनको दावी रहेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्