बैंकहरुले लेटर अफ क्रेडिट (एलसी) नखोल्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • २७ चैत्र २०७८, आईतवार १८:००
nepal bankers association

नेपाल राष्ट्र बैंकले गत साता जारी गरेको निर्देशनबमोजिम देशका वाणिज्य बैंकहरूले अत्यावश्यक बाहेकका वस्तुको पैठारीका लागि लेटर अफ क्रेडिट (एलसी) नखोल्ने सहमति गरेका छन् ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको आज बसेको बैठकले राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको हो । यो व्यवस्था लागू भएसँगै बैंकहरूले निजी सवारी साधन, चुरोट र मदिरा, ड्राईफ्रुट्स, फर्निचर, सजावटका सामान, सौन्दर्य प्रसाधन लगायतका सामान पैठारी गर्न एलसी खोल्ने छैनन् ।

विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै राष्ट्र बैंकले गत साता वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिलाई बोलाएर अत्यावश्यक वस्तुबाहेकका सामानको एलसी नखोल्न निर्देशन दिएको थियो ।

नेपालले चालु आर्थिक वर्षको पहिलो सात महिनामा रु ७० अर्बको सवारी साधन तथा पार्टपुर्जा आयात गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । मुलुकसँग ६ दशमलव ५ महिनाका लागि मात्र वस्तु तथा सेवा आयात गर्न पर्याप्त विदेशी मुद्रा सञ्चिति रहेको छ ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५