राप्रपाले आफ्नै सामर्थ्यमा एक्लै चुनाव लड्ने: लिङ्देन

  • नेपाल राष्ट्रिय दैनिक
  • April 15, 2022
rajendra lingden

२ वैशाख, चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह निर्वाचनमा कुनै पनि राजनीतिक दलसंग गठबन्धन नगरी राप्रपाले आफ्नै सामर्थ्यमा एक्लै चुनाव लड्ने बताउनुभएको छ।

आज पार्टीको कार्यक्रममा चितवन पुग्नुभएको लिङ्देनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै कुनै पनि राजनीतिक दलसंग गठबन्धन गरेर चुनाव लड्ने तयारी नभएको र कसैसंग पनि गठबन्धन गर्ने बारे औपचारिक छलफल नभएको बताउनुभएको हो।

स्थानिय तहलाई नै उमेद्द्वार छनौट र सम्पुर्ण चुनावी जिम्मा दिएका छौं तर कुनै पनि दलसंग गठबन्धन नगरी राप्रपाले आफ्नै सामर्थ्यमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने लिङ्देनले बताउनुभयो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५