उपकार माइक्रोफाइनान्स फाइनान्सियल इन्स्टिच्युसन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) जारी गरेको छ । कम्पनीले रु १०० अंकित मूल्यमा २ लाख ३६ हजार २५० प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गरेको छ ।
कम्पनीले जारी पुँजीको ०.५ प्रतिशत वा ३ हजार २ सय ८१ कित्ता कर्मचारीलाई र पाँच प्रतिशत वा ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषमा निकासा गरेको छ । बाँकी २ लाख २१ हजार १५६ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
सर्वसाधारणले चैत्र २९ गतेसम्म न्यूनतम १० र बढीमा १००० कित्ताका लागि आवेदन दिन सक्ने भए पनि सो अवधिसम्म माग नआए वैशाख ९ गतेसम्म निष्कासन खुला गरिने कम्पनीले जनाएको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड छनोट भएको छ ।इक्रा नेपाल लिमिटेडले धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङको व्यवस्थाअनुसार धितोपत्रको रेटिङ गर्दा कम्पनीलाई ‘बीबी माइनस’ ग्रेडिङ दिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्