पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद भंग गर्न राष्ट्रपति आरिफ अल्वीलाई सिफारिस गरेका छन् । राष्ट्रको तर्फबाट बोल्दै प्रधानमन्त्री खानले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको बताइएको छ ।
प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव उपसभामुख कासिम सुरीले खारेज गरेका थिए ।संसदबाट अविश्वासको प्रस्ताव अस्वीकृत भएलगत्तै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले जनतालाई चुनावको तयारी गर्न निर्देशन दिएका थिए । उनले सरकार हटाउने वा नहटाउने अधिकार जनताको रहेको पनि बताएका छन् ।
विपक्षी दलले ल्याएको अविश्वासको प्रस्तावलाई सत्तारुढ गठबन्धनले साथ दिएपछि प्रधानमन्त्री खानको सरकार संकटमा परेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्