नेपाल बार एसोसिएशनको अध्यक्षमा घिमिरेको अग्रता कायमै

  • नेपाल राष्ट्रिय दैनिक
  • २३ चैत्र २०७८, बुधबार १३:२६
nepal bar association

नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा अध्यक्षका प्रत्याशी गोपालकृष्ण घिमिरेको अग्रता कायमै रहेको छ।

घिमिरेले हालसम्म गणना भएका मध्ये ९०५ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्दी विष्णुमणि अधिकारीले ४४७ मत प्राप्त गरेका छन्। नेपाल बार एसोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार हालसम्म १३ केन्द्रको मतगणना सम्पन्न भएको छ। 

तीमध्ये सर्लाही, इलाम, महेन्द्रनगर, पर्सा, दिपायल, झापा, जनकपुर, रौतहट, धनकुटा, धनगढी, सिरहा, बारा, सुर्खेतको मतगणना सम्पन्न भएको हो। हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेको समूहको अग्रता रहेको छ। महासचिवमा हालसम्म अन्जिता खनालले ८१३ र केदारप्रसाद कोइरालाले ५३१ मत प्राप्त गरेका छन्। कोषाध्यक्षमा भरतबहादुर राउतले ८७० र जगतबहादुर कार्कीले ४८६ मत प्राप्त गरेका छन्।

मङ्गलबार बिहानदेखि मतगणना सरु भएको थियो भने बेलुका स्थगित गरेर आज ९ बजेदेखि पुनः मतगणना प्रारम्भ गरिएको हो। बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानमा मतदान सम्पन्न भएको थियो।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाताले मतदान गरेका थिए। त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यकाबाहिर तीन हजार ५०० मतदाता रहेका थिए। सात हजार ४२९ मत मात्र खसेको थियो। रासस

Share :
ChitraBahadurKC

संविधान संसोधन गर्ने भए प्रदेश खारेज गरौँ : चित्र बहादुर केसी

काठमाडौँ: प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा राष्ट्रिय जनमोर्चाका नेता चित्र बहादुर केसीले संविधान संसोधन नै गर्ने भए सबैभन्दा पहिले प्रदेश खारेज गर्नुपर्ने बताएका छन्। नेपालले प्रदेशको संरचना थेग्न नसक्ने र यसले ढिलो चांडो देशलाई अधोगतितर्फ लैजाने भन्दै संविधान नै संसोधन गर्ने भए सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने माग गरेका छन्। केन्द्रमा सरकार परिवर्तन हुँदा प्रत्यक पटक प्रदेश सरकार परिवर्तन[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५