सात दिनभित्र स्पष्टीकरण दिन शशांक कोइरालालाई आयोगको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • २८ चैत्र २०७८, सोमबार १६:३०
Nirwachan 1

निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालासँग चुनावी खर्चको विषयलाई लिएर स्पष्टीकरण मागेको छ।

७४ सालको निर्वाचनमा ६ करोड खर्च गरेको कोइरालाको सार्वजनिक अभिव्यक्ति पछि निर्वाचन आयोगले कोइरालालाई सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।

२५ लाखसम्म खर्च गर्न पाउने सीमा रहेकोमा कोइरालाले आफ्नो निर्वाचन खर्च विवरणमा २१ लाख ७५ हजार पेस गरेकाे तर नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा आफूले ६ करोड खर्च भएको बताएका थिए।

त्यसैगरी आयोगले समाजवादी पार्टीले २०७८-१२-२६ को दिन भृकुटीमण्डपमा भएको कार्यक्रममा निर्वाचन आचारसंहिता उल्लंघन भएको गुनासो आएकोले ३ दिनभित्र स्पष्टिकरण माग गरेको छ ।

aaanirwachan
Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५