सुनको मूल्य बढेर एक लाख नाघ्यो

स्थानीय बजारमा आज सुनको भाउ एक लाख नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज तोलामा ८ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ३ सयमा कारोबार भएको छ ।

त्यसैगरी, आज तेजावी सुन तोलाको ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको भाउ शुक्रबारको भाउभन्दा १० रुपैयाँले घटी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ ।

सरकारद्वारा सुन आयातमा कडाई

सरकारले सुन आयातको सीमामा कडाई गर्न निर्देशन दिएको छ।

विदेशी मुद्राको सञ्चय कम हुदैँ गएपछि नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा घटाएको छ । राष्ट्र बैंकले दैनिक १० किलो सुन मात्र आयात गर्न सकिने जनाएको छ ।

सुन बिक्री तथा वितरणसम्बन्धी कार्यविधि २०६८ को नियमावलीको दफा (४) मा परिमार्जित कार्यविधिअनुसार बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी मुद्रा कारोबार गर्न अनुमति पाएका निकायहरूलाई आज परिपत्र जारी गर्दै सो निर्देशन दिएको हो ।