सशस्त्र प्रहरीको महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

  • नेपाल राष्ट्रिय दैनिक
  • April 13, 2022
pushparaj kc aig

सरकारले सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसीलाई नियुक्त गरेको छ।

शैलेन्द्र खनाल गत सोमबारबाट अवकाशमा गएपछि मन्त्रिपरिषदको बैठकले केसीलाई आईजीपीमा नियुक्त गरेको हो। रामशरण पौडेल र केसी आईजीपीका प्रतिस्पर्धी भए पनि सरकारले वरियतामा अगाडी रहेका केसीलाई नै आईजीपी बनाएको हो।

केसीले वैशाख १८ गतेसम्म सशस्त्र प्रहरीको नेतृत्व गर्ने छन्। वैशाख १९ देखि ३० वर्षे सेवाअवधिका कारण उनीअवकाशमा जाने छन्।सशस्त्र प्रहरी नियमावलीमा चार वर्षे कार्यकाल सकिने डीआईजी र एआईजीको कार्यकाल सरकारले चाहेमा एक वर्ष थप गर्न सक्ने व्यवस्था छ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५