३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारी दर्ता प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले आज र भोलि बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म देशभरका निर्वाचन कार्यालयमा मनोनयनको दर्ता गर्न सकिने बताएको छ ।
देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्र रुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ । ७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका रहेका छन् ।
त्यसैगरी देशभरका स्थानीय तहमा ६७४३ वडाहरु छन् । हरेक वडाका लागि एकजना वडाध्यक्ष, दुईजना वडा सदस्य, एकजना महिला सदस्य र एकजना दलित महिला सदस्यका लागि मनोनयन दर्ता हुनेछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्