स्थानीय निर्वाचनमा चितवनमा चुनावी गठबन्धन गर्ने सहमती

  • नेपाल राष्ट्रिय दैनिक
  • April 4, 2022
five party chitawan

स्थानीय निर्वाचनमा चितवनमा पाँचवटै राजनीतिक दलहरुले गठबन्धन गरेर अगाडी बढ्ने भएका छन्।

कांग्रेस जिल्ला कार्यसमिति सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनको बैठकले जिल्लाका सातै स्थानीय तह र जिल्ला समन्वय समितिमा चुनावी तालमेल गर्ने निर्णय लिएको हो। यधपी कांग्रेस भरतपुर महानगर कमिटीले चुनावी तालमेल गर्ने भए मेयर पद आफुहरुले पाउनुपर्ने अडान सार्वजनिक गरेको छ।

बैठकले जिल्लास्थित ७ वटै पालिकामा गठबन्धनका दलबीच बैठक बसी चुनावी तालमेलबारे संयुक्त संयन्त्र निर्माण गरी छलफल अगाडी बढाउने निर्णय गरेको छ। संयुक्त संयन्त्रको संयोजन कांग्रेसको पालिका सभापतिले गर्ने समेत निर्णय उनीहरुले गरेका छन्।

संयुक्त वक्तव्यमा कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाल, माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारी, एकीकृत समाजवादीका इन्चार्ज कृष्ण प्रसाद खनाल, जनता समाजवादीका अध्यक्ष प्रेम भुजेल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष डम्बर पुरीले हस्ताक्षर गरेका छन्।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५