प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचन घोषणापत्रलगायत विषयमा छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।
बैठक आज साँझ ६ः३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेछ । पार्टीले वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र जारी गर्ने जनाएको छ ।पार्टी पदाधिकारीका अनुसार निर्वाचन घोषणापत्रमा समावेश गर्नुपर्ने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
सचिवालय बैठकअघि आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्नेछ । बैठकमा महानगर र उपमहानगरपालिकाको नेतृत्वका विषयमा पनि छलफल हुनेछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्