इन्धनको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा वृद्धि

  • नेपाल राष्ट्रिय दैनिक
  • २० चैत्र २०७८, आईतवार १६:३३
PublicVehicle sarwajanik sawari

सरकारले प्रदेशभित्र लामो दुरीका सार्वजनिक यातायातको भाडा १५ प्रतिशतले बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रिपरिषदको निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनको भाडा १० प्रतिशतले बढाएको हो ।

यातायात व्यवस्था विभागका अनुसार पहाडमा १३ प्रतिशत र तराई क्षेत्रमा १५ प्रतिशत भाडा बढाइएको हो । यात्रु तथा मालवाहक लगायत पहाडी तथा तराई क्षेत्रको भूगोलका आधारमा १० देखि १५ प्रतिशत भाडा बढाउने निर्णय गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले पनि इन्धनको मूल्यमा कम्तीमा ५ प्रतिशतले परिवर्तन आएपछि मात्रै गाडीको भाडा समायोजन गर्ने निर्णय गरेकी छन् ।

अब चैतमा सवारी साधनका पार्टपुर्जालगायत अन्य पक्षको मूल्यवृद्धिको समीक्षा गरी भाडा समायोजन गरिने भएको छ । सवारीसाधनको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य परिवर्तन भएपछि भाडा समायोजन गर्नुपर्ने थियो । तर, व्यवस्था प्रभावकारी नभएकाले इन्धनको मूल्यमा ५ प्रतिशतले परिवर्तन आएपछि मात्रै भाडा समायोजन गर्ने व्यवस्था विभागले गरेको छ ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५