स्थानिय निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धन दलका शिर्ष नेताहरुबिच भएको आजको दोस्रो चरणको छलफल पनि विना निष्कर्ष टुंगिएको छ।
दोश्रो पटक बसेको बैठकले पनि उमेद्द्वार भागवण्डाको विषयमा सहमति जुटाउन नसकेपछि भोलि पुन बैठक बस्ने गरि आजको दोश्रो चरणको बैठक पनि टुङ्गिएको हो। बैठक भोलि बिहान ११:३० मा पुन बस्नेछ।
आजको बैठक मूलतः ६ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँडका विषयमा केन्द्रित रहेको बताइएको छ । तर, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले धेरै सिट दाबी गरेपछि सहमति हुन नसकेको बताइएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्