बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

  • नेपाल राष्ट्रिय दैनिक
  • April 5, 2022
gathbandhan meeting

स्थानीय निर्वाचनबारे छलफल गर्न सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ ।


सत्तारुढ गठबन्धनका पाँच दलले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने नीतिगत निर्णय गरिसकेका छन् । आजको बैठकमा समन्वयको मोडालिटीबारे छलफल हुने प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

यसअघि बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा समन्वय गर्ने र त्यसका लागि प्रदेश, जिल्ला र नगरपालिका तहको समिति गठन गर्ने निर्णय गरेको थियो । सो समितिले आजै प्रतिवेदन बुझाउनेछ । सत्तारुढ गठबन्धनको आजको बैठकमा सोही समितिको प्रतिवेदनमाथि छलफल हुने नेताहरूले बताएका छन् ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५