नागढुंगा सुरुङमार्गमा ३५ प्रतिशत मात्र प्रगति

  • नेपाल राष्ट्रिय दैनिक
  • २५ चैत्र २०७८, शुक्रबार ०८:३०
NAGDHUNGA TUNNEL scaled

नागढुंगा सुरुङमार्गको भौतिक प्रगति ३५ प्रतिशतको हाराहारीमा पुगेको छ भने आर्थिक प्रगति ४३ प्रतिशत रहेको छ ।

नागढुङ्गा सुरुङमार्ग आयोजनाले ७६ प्रतिशत सडक निर्माण सम्पन्न भएको र बाँधको ३७ प्रतिशत प्रगति भएको जनाएको छ । हालसम्म ओभरपास निर्माण सम्पन्न भई फ्लाईओभर निर्माणाधीन छ । तीनमध्ये दुई अन्डरपासको विकास भइसकेको छ भने तीनवटा बक्स कल्भर्ट पनि निर्माण भएका छन् । त्यसैगरी तीनमध्ये दुईवटा पुल पनि सम्पन्न भइसकेका छन् ।

अहिलेसम्म मुख्य सुरुङको २.६ किलोमिटर लम्बाइमध्ये १.१ किलोमिटर पूरा भएको छ।

आयोजनाले कुल २ हजार ५ सय ५७ मिटरमध्ये १ हजार ३ सय ८४ मिटर निकास सुरुङको निर्माण कार्य सम्पन्न भएको जानकारी दिएको छ । आयोजनाले कामको अडिट समेत गरिसकेको छ ।

त्यसैगरी १२८ मिटर क्रस प्यासेजमध्ये ४८ मिटर सकिएको छ ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा देशकै पहिलो नागढुंगा सुरुङमार्ग निर्माण हुन लागेको हो ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५