सत्तारुढ दलको निर्वाचन तयारी तथा अनुगमन समितिले चैत्र २६ गतेसम्म निर्वाचन समन्वयका विषयमा निर्णय गर्न जिल्लास्तरीय संयन्त्रलाई निर्देशन दिएको छ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा आज बसेको समितिको पहिलो बैठकले निर्वाचनको समन्वय र अवस्थाको मूल्याङ्कन गर्ने योजनाअनुसार काम भए नभएको समीक्षा गरेको छ ।
आजको बैठकले चैत्र २६ भित्र जिल्लामा निर्वाचन समन्वयको अवस्था टुंग्याउन जिल्ला समितिलाई निर्देशन दिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्