अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन :अर्थमन्त्री शर्मा

  • नेपाल राष्ट्रिय दैनिक
  • April 11, 2022
Home Minister Janardan Sharma e1626153813604

u[xdGqL hgfb{g zdf{ d+unjf/ u[xdGqnodf kqsf/ ;Dd]ng u/L u[x k|zf;g ;'wf/ dfu{lrq ;j{hflgs ub}{ . tl:j/÷lgd]if h+u /fO{÷kf]i6

अर्थमन्त्री जनार्दन शर्माले आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थतन्त्रमा ठूलो सङ्कट नरहेको बताउनुभएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले गभर्नरमाथि भएको कारबाही पनि कानूनी भएको बताउँदै छानबिन समितिको प्रतिवेदन आएपछि धेरै कुरा स्पष्ट हुने बताउनुभएको छ ।

अर्थमन्त्री शर्माले वर्तमान अवस्थालाई अर्थ मन्त्रालयल गायत सम्बन्धित निकायले नजिकबाट नियालिरहेको र सात महिनायता अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि मुख्य सचिवको नेतृत्वमा अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको प्रस्तावमाथि काम भइरहेको पनि बताउनुभएको छ।

व्यापार घाटा नियन्त्रण गर्न पेट्रोलियम पदार्थको आयातलाई नियमन गर्ने तयारी भइरहेको पनि अर्थमन्त्री शर्माले बताउनुभयो । सरकारी प्रयोजनमा हुने पेट्रोलियम इन्धनको खर्च कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको र सोहि अनुसार कार्य गरिने पनि शर्माले बताउनुभयो । यसैगरी विलासिताका बस्तुहरुमा भन्सार महशुल वृद्धि गर्ने तयारी भइरहेको पनि शर्माले जानकारी दिनुभएको छ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५