निर्वाचन आयोगले निर्वाचनबारे भ्रमपूर्ण अभिव्यक्ति नदिन राजनीतिक दलका नेतालगायत सबै सरोकारवालालाई आग्रह गरेको छ ।
नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलका नेता कार्यकर्ताले तोकिएकै समयमा स्थानीय निर्वाचन गराउने तयारी पूरा भएकाले निर्वाचनमा शंका उत्पन्न गराउने खालका अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको बताए । अन्तिम चरण।
उनले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाको अनुगमन आयोगले गरिरहेको र उल्लंघन गर्नेलाई आवश्यक कारबाहीका लागि पत्राचार र समझदारीबाट अनुसन्धान गरिरहेको बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्