चितवनमा पहिलोपटक यु–२० राष्ट्रिय रग्वी प्रतियोगिता हुँदै

  • नेपाल राष्ट्रिय दैनिक
  • April 15, 2022
rugby

वैशाख २,चितवन –नेपाल रग्वी संघको आयोजना र चितवन रग्वी संघको व्यवस्थापनमा ‘अंकुरम अण्डर २० राष्ट्रिय रग्वी प्रतियोगिता भोलि बिहान ६ बजेदेखि चितवनको कृष्णपुर स्पोर्ट्स मैदानमा सुरु हुंदैछ ।

एकदिन मात्र हुने सो प्रतियोगिता वैशाख ३ गते विहान ६ बजेदेखि अपरान्ह ५ बजेसम्म हुनेछ। चितवन रग्वी संघका अध्यक्ष सुमन पौडेलका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको छ भने खेलाडीहरु चितवन आइसकेका छन् ।

rugby1

प्रतियोगितामा महिला र पुरुष गरि १० वटा क्लव तथा जिल्ला टिमहरुको सहभागिता रहने प्रतियोगिताका संयोजक विनोद तामाङले जानकारी दिनुभएको छ ।

आगामी वर्ष नेपालमै हुने यु १८ एशियन ट्रफी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी स्वरुप १८ वर्षसम्मका खेलाडीहरुको राष्ट्रिय टिम छनोटका लागि लक्षित गरेर प्रतियोगिता सुरु गरिएको संयोजक तामाङले जानकारी दिनुभएको छ ।

rrugby
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५