विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सहज बनाउन गैरआवासीय नेपाली संघले सहयोग गर्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • April 12, 2022
NRNA 20210718114547

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मुलुकमा घट्दै गएको विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सहज बनाउन गैरआवासीय नेपालीसँग सहयोग गर्ने सम्बन्धमा अन्तरक्रिया गर्ने भएको छ । अन्तरक्रियामा सरकारी अधिकारीहरुको पनि सहभागिता रहनेछ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले मुलुकमा देखिएको सम्भावित आर्थिक संकट समाधानका लागि सरकारसँग हात मिलाउने निर्णय गरेको एनआरएनएका प्रवक्ता शिव बरुवालले जानकारी दिए । एनआरएनएका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा भएको बैठकमा,वैदेशिक सञ्चिति घट्दै गएको अवस्थालाई सम्बोधन गर्न बुधबार अर्थमन्त्री, अर्थसचिव, नेपाल राष्ट्र बैंकका अधिकारी, अर्थशास्त्री लगायतको सहभागितामा बैठकले विस्तृत अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

बैठकले कार्यक्रममार्फत सबै गैरआवासीय नेपालीलाई नेपालको जुनसुकै बैंकमा अमेरिकी डलरमा खाता खोल्न र सो खातामा कम्तीमा १ हजार अमेरिकी डलर जम्मा गर्न आग्रह गर्ने निर्णय गरेको एनआरएनए प्रवक्ताले जानकारी दिए ।

बैठकले डलर खाता खोल्दा, डलर पठाउन, सो खातामा रकम बचत गर्दा र आवश्यकताको समयमा खाताबाट पैसा निकाल्दा आउन सक्ने समस्याको अध्ययन गर्न एनआरएनएका उपाध्यक्ष भूषण घिमिरेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले सबै गैरआवासीय नेपालीलाई डलर खाता खोल्न सहजीकरण गर्ने निर्णय गरेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५