करिब एक साता लामो राजनीतिक उथलपुथलपछि पाकिस्तानको संसदले इमरान खानको स्थानमा विपक्षी नेता शेबाज सरिफलाई देशको नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको छ ।
पाकिस्तानको संसदले ३४२ सिट भएको विधानसभामा १७४ मत दिएर शेबाज सरिफलाई देशको नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको हो । सरिफ पुर्व प्रधानमन्त्री नवाज सरिफका भाइ हुन्।
कार्यवाहक सभामुख सरदार अयाज सादिकले, मियाँ मुहम्मद शहबाज सरिफ प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरेका थिए।
नवनिर्वाचित प्रधानमन्त्रीले अब नयाँ सरकार गठन गर्नेछ जुन अक्टोबर २०२३ सम्म रहनेछ।
यता इमरान खानको बहिर्गमनसँगै पाकिस्तानभर पाकिस्तान तेहरीक-ए-इन्साफ(पीटीआई)का नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् भने पिटिआइका सांसदहरुले सामुहिक रजिनामा दिएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस्