काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक यातायातको भाडा बढाइएको छ । वाग्मती प्रदेश सरकारले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी काठमाडौं उपत्यकासहित बागमती प्रदेशका १३ जिल्लामा सार्वजनिक यातायातको भाडा बढाएको छ ।
मन्त्रालयको निर्णयअनुसार बागमती प्रदेशभित्र सञ्चालित सार्वजनिक यातायातको भाडा समायोजन गरिएको हो ।वाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यकामा किलोमिटरको आधारमा भाडा बढाएको छ ।
काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको भाडा शून्यदेखि पाँच किलोमिटरका लागि २० रुपैयाँ, १० किलोमिटरका लागि २५ रुपैयाँ, १५ किलोमिटरका लागि ३० रुपैयाँ, २० किलोमिटरका लागि ३३ रुपैयाँ र २० किलोमिटरभन्दा बढीका लागि ३८ रुपैयाँ तोकिएको छ ।
त्यसैगरी काठमाडौं उपत्यका बाहिर सञ्चालित यात्रुवाहक सवारी साधनको भाडा कार्तिक १ २०७८ देखि १० प्रतिशतले बढाइएको थियो ।
प्रदेशमा पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको भाडा प्रत्येक ५० मिटरमा रु ५० र प्रति २०० मिटरमा १० रुपैयाँ र विधुतीय ट्याक्सी सेवाका लागि प्रति २०० मिटर ९ रुपैयाँ तोकिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्