सत्तारुढ पाँच दलको गठबन्धनले आगामी स्थानीय निर्वाचनका लागि अहिलेसम्म १५ जिल्लामा समन्वय गर्ने निर्णय गरेको छ ।
गठबन्धन दलका जिल्ला नेताहरुको बैठकको सहमति अनुसार ललितपुर, भक्तपुर, चितवन, कास्की, तनहुँ, सिन्धुपाल्चोक, बाग्लुङ, अर्घाखाँची, उदयपुर, रोल्पा, धनकुटा, तेह्रथुम, कञ्चनपुर, अछाम र लमजुङमा चुनावी तालमेल गर्ने निर्णय गरिएको छ । ।
१५ जिल्लाका जिल्ला सभापतिहरुले चुनावी गठबन्धन गर्ने अन्तिम निर्णय टुँगो लगाइसक्दा अन्य जिल्लाहरुमा भने चुनावी तालमेलको लागि प्रयास अघी बढीरहेको गठबन्धनका शिर्ष नेताहरुले बताएका छन् ।
नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सोमबार बसेको बैठकले स्थानीय तह र जिल्ला समन्वय समितिको निर्वाचनमा समन्वय गर्ने निर्णय गरेको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्