गठबन्धनको बैठकमा चुनावी तालमेलबारे छलफल

  • नेपाल राष्ट्रिय दैनिक
  • २२ चैत्र २०७८, मंगलवार ११:२०
gathabandhan baithak

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने र कसरी चुनावमा जाने भन्ने मोडालिटीबारे छलफल भएको बताइएको छ।
साथै स्थानीय तह निर्वाचनमा तालमेलका लागि निर्वाचन तयारी तथा अनुगमन समिति समेत गठन गरिएको छ। बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ ।

बैठकले तल्लो तहबाट आएका प्रतिवेदनका आधारमा तालमेलको मोडालिटीबारे निर्णय गर्ने समझदारी बनेको र तयारी तथा अनुगमन समितिको बैठक बुधबार बस्ने जानकारी दिएको छ ।

देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिंदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग वृहत् अन्तक्रियाको आयोजना गर्ने र सुझावको आधारमा ठोस कदम चाल्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तीनदिने भारत भ्रमणको ब्रीफिङ पनि गर्नुभएको थियो । समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष बैठकले निकालेको छ ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५