भरतपुरको मेयरमा नेपाली काँग्रेसको तर्फबाट मोहित जङ्ग पाण्डेको स्वतन्त्र उम्मेद्वारी

  • नेपाल राष्ट्रिय दैनिक
  • April 25, 2022
279110891 2317939351677944 6429993489168590826 n


आसन्न स्थानिय निर्वाचनमा सत्ता साझेदार पांच दलिय गठबन्धनले साझा उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गरेको छ। तर पार्टीका शिर्ष नेताहरुले केन्द्रमा बसेर गरेको यो निर्णयले नेपाली काँग्रेसका तल्लो तहका आम कार्यकर्ताहरुलाई भने निराश बनाएको छ ।

यता हिजो उम्मेद्वारी दर्ता प्रक्रिया सुरुभएसंगै पार्टीको निर्णयप्रति असन्तुष्ट रहेका स्थानिय तहका नेता कार्यकर्ताहरुले भने देशभरबाटै स्वतन्त्र उम्मेद्दवारी दिन थालेका छन् । यसैबीच भरतपुर महानगरपालिकामा गठबन्धनले रेणु दाहाललाई मेयरमा उठाउने निर्णय गरेपछि असन्तुष्ट बनेका चितवन काँग्रेसका कार्यकर्ताहरुले पनि बागी उम्मेद्वारको रुपमा प्रतिस्पर्धा गर्ने बताएका छन्।

उम्मेद्वारी दर्ताको पहिलो दिन हिजोनै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर तरुणदल चितवनका सह सचिव मोहित जङ्ग पाण्डेले मेयरमा आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्। चार तारा झण्डा बोकेर र वि पी को नाम बेचेर मात्र काँग्रेस भइदैन। सच्चा काँग्रेसले त पार्टीको गलत कदमको विरोध गर्न सक्ने सामर्थ्य पनि राख्नुपर्छ भन्दै सभापतिको गलत निर्णयको खबरदारी र चितवन काँग्रेसलाई झक्झक्याउन आफुले स्वतन्त्र उम्मेद्वारी दिएको पाण्डेले बताउनुभयो।

mmmmmmmmmmmmm
Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५