चोभारमा निर्मित सुख्खा बन्दरगाह सञ्चालनमा

  • नेपाल राष्ट्रिय दैनिक
  • April 5, 2022
chobhar sukkha bandargraha dryport

काठमाडौंको चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको छ । वीरगन्ज नाका हुँदै काठमाडौंका लागि मालवस्तु बोकेर आएको ३ वटा कन्टेनरलाई बन्दरगाह भित्र्याउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्मित बन्दरगाहको उद्घाटन गर्नुभएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले चाेभार बन्दरगाह सञ्चालनले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारकाे हब बनाउने बताउनुभएको छ। आन्तरिक परिवहन सुविधा अन्तर्गत काठमाडौं आएका ती कन्टेनरसँगै अब स्थलमार्ग हुँदै गरिने अन्तर्राष्ट्रिय व्यापारको भन्सार जाँच पास काठमाडौंबाटै गर्ने बाटो खुलेको छ ।

चोभार बन्दरगाह सीमावर्ति क्षेत्रभन्दा बाहिर भित्री सहरमा बनेको पहिलो बन्दरगाह हो । माल वस्तु आयात र निर्यातका लागि भन्सार, सुरक्षासहितको सबै पूर्वाधार रहेको बन्दरगाहमा ५ सय कन्टेनर र ५ सय ट्रक अट्ने क्षमता छ ।

बन्दरगाह सञ्चालनमा आएपछि राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री बन्दरगाहबाट आउने मालसामान बोकेका कन्टेनर अब सिधै काठमाडौं आउन सक्नेछन् भने स्वस्देशी वस्तु निर्यात पनि सोही बन्दरगाहबाट हुनेछ ।

चोभारको सुख्खा बन्दरगाह नेपाल-भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा निर्माण भएको हो ।

Share :
parliament 20200408095138 afmcMMikPO

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिपक्षी र सत्तारुढ दलको अडानका कारण निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो एक बजे बस्ने गरी तय गरिएको संसद सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर अवरुद्ध हुँदै आएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी सूचना टाँसेर आजसम्मका लागि स्थगित गरिएको थियो । संसद[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५