सत्तारुढ गठबन्धनको सदस्य राष्ट्रिय जनमोर्चाले स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
रुपन्देहीको बुटवलमा आज आयोजित कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा जनमोर्चाले संघीयता खारेजीको विषयलाई प्रमुखताका साथ उठाएको छ ।
जनमोर्चाले स्थानीय तहको निर्वाचनको मूल नारा ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ राखेको छ । स्थानीय तह जनतासँग प्रत्यक्ष जोडिने भएकाले जनताका लागि धेरै काम गर्न सकिने जनमोर्चाले घोषणापत्रमा विश्वास व्यक्त गरेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्