व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेहरूका लागि स्वघोषणा अनिवार्य

  • नेपाल राष्ट्रिय दैनिक
  • April 9, 2022
baideshik rojgar bibhag department foreign

सरकारले व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेका लागि स्वघोषणा फारम अनिवार्य भर्नुपर्ने व्यवस्था गरेको छ । धेरै नेपाली विदेशमा अलपत्र परेकाले सरकारले स्वघोषणा फारम अनिवार्य गर्ने व्यवस्था गरेको छ ।

वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिनेलाई विदेशमा अलपत्र पारिएको , विभिन्न बहानामा ठगीएको र सरकारले तोकिएको भन्दा बढी रकम तिर्नुपर्ने प्रवृत्ति देखिएपछि वैदेशिक रोजगार विभागले स्वघोषणा फारम भर्ने व्यवस्था गरेको छ ।

हाल साउदी अरेबिया, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), क्रोएसिया, अल्बानिया, पोल्याण्ड, रोमानिया, स्लोभाकिया, हंगेरी, मोल्डोभा र बेलारुस जाने र व्यक्तिगत श्रम स्वीकृति लिन चाहनेहरूले स्वघोषणा फारम भर्नुपर्नेछ।

वैदेशिक रोजगारीमा जाने कामदारले श्रम स्वीकृति लिएपछि मात्र त्यस्तो स्वघोषणा फारम भर्नुपर्नेछ । वैशाख १ गतेदेखि व्यवस्था लागू हुने विभागले जनाएको छ ।व्यक्तिगत श्रम स्वीकृति–२०६९ को निर्देशिका बमोजिम विभागले सो व्यवस्था लागू गरेको छ ।

व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने कामदारले राहदानीको प्रतिलिपि, सम्बन्धित सरकारले जारी गरेको प्रवेश स्वीकृतिको प्रतिलिपि, रोजगार सेवा, शर्त, सुविधा र तलब (पारिश्रमिक) स्पष्ट उल्लेख भएको करार वा सम्झौताको प्रतिलिपि पेश गर्नुपर्नेछ।

निजी कामदारको हकमा रोजगारदाताको लाइसेन्स दर्ता प्रमाणपत्रको प्रतिलिपि वा प्रायोजकको परिचयपत्रको प्रतिलिपि, रोजगारदाताको ट्रेड लाइसेन्सको प्रतिलिपि वा रोजगारदाताको राहदानी वा परिचयपत्रको प्रतिलिपि र संक्षिप्त विवरण पेश गर्न विभागले आग्रह गरेको छ।

व्यक्तिगत श्रमको लागि जाने व्यक्तिहरूले प्रमाणिकरणको लागि रोजगारदाता कम्पनी वा प्रायोजक मार्फत अंग्रेजीमा अनुवाद गरिएका कागजातहरू दूतावासमा पेश गर्नुपर्नेछ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५