नेपाल टेलिकमका कर्मचारी आन्दोलनमा

  • नेपाल राष्ट्रिय दैनिक
  • April 6, 2022
nepal telecom

टेलिकम भित्रकै कर्मचारीलाई प्रवन्ध निर्देशक बनाउन माग गर्दै नेपाल टेलिकमका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल टेलिकम वर्कश युनियनले प्रवन्ध निर्देशकमा टेलिकम भित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गर्दै आज टेलिकमको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । टेलिकममा संस्था बुझेको मान्छे प्रवन्ध निर्देशक हुनुपर्ने नेपाल टेलिकम वर्कश युनियनको मागलाई वेवास्ता गर्दै सरकारले बाहिरबाट मान्छे ल्याएर रिक्त पदमा नियुक्ति गर्ने तयारि गरिरहेको बेला आज टेलिकमका कर्मचारीहरुले खबरदारी स्वरुप आन्दोलन गरेका छन्।

टेलिकममा बाहिरी हस्तक्षेप हुन लागेको भन्दै बाह्य हस्तक्षेपबाट मुक्त गराउन र नियुक्ति प्रक्रियाका विभिन्न मापदण्डहरुलाई परिवर्तन गरिएको भन्दै युनियनले आपत्ति जनाएको छ।

तस्विर: नागरिक

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५