पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीद्वारा संसद विघटन

  • नेपाल राष्ट्रिय दैनिक
  • April 3, 2022
pakistan president aril alwi

प्रधानमन्त्री इमरान खानको आग्रहमा पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले संसद विघटन गरेका छन्।

आफ्ना राजनीतिक विपक्षीहरूले आफ्नो सरकारलाई ध्वस्त पार्न अमेरिकासँग मिलेर काम गरेको आरोप लगाउँदै प्रधानमन्त्री इमरान खानले राष्ट्रपति समक्ष संसद विघटनको लागि आग्रह गरेका थिए।

प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव उपसभामुख कासिम सुरीले खारेज गरेका थिए ।संसदबाट अविश्वासको प्रस्ताव अस्वीकृत भएलगत्तै राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री खानले जनतालाई चुनावको तयारी गर्न निर्देशन दिएका थिए । उनले सरकार हटाउने वा नहटाउने अधिकार जनताको रहेको पनि बताएका छन् ।

विपक्षी दलले ल्याएको अविश्वासको प्रस्तावलाई सत्तारुढ गठबन्धनले साथ दिएपछि प्रधानमन्त्री खानको सरकार संकटमा परेको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५