आगामी स्थानीय निर्वाचनमा आपसी समन्वयका लागि सत्तारुढ गठबन्धनले गठन गरेको ‘स्थानीय निर्वाचन तयारी तथा अनुगमन समिति’को बैठक आज बस्दैछ ।
प्रदेशबाट प्राप्त प्रतिवेदन अध्ययन र विश्लेषण गर्न समितिको बैठक बस्नेछ ।बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा स्थानीय तहको निर्वाचन तयारी तथा अनुगमन समिति गठन भएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्