अर्थमन्त्रीलाई असहयोग गरेकोले गभर्नरलाई कारबाही गरिएको हो :प्रधानमन्त्री देउवा

  • नेपाल राष्ट्रिय दैनिक
  • April 11, 2022
deuba sher bahadur 1024x683 1

अर्थमन्त्रीलाई सहयोग नगरेको भन्दै गभर्नरलाई कारबाही गर्नुपरेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ ।

गभर्नर अधिकारीलाई निलम्बन गरे लगत्तै सरकारले शुक्रबार सर्वोच्च अदालतका पूर्व न्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।गभर्नरविरुद्धको कारबाहीको चौतर्फी आलोचना भइरहेको बेला आज बसेको सत्तारुढ दलको बैठकमा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आर्थिक संकट र गभर्नरमाथि भएको कारबाहीबारे प्रश्न उठाएका थिए ।

बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्रीलाई सहयोग नगरेको भन्दै कारबाही गरिएको बताउनुभएको हो ।

अर्थमन्त्रीले आफूले काम गर्न नपाएको र गभर्नरले सहयोग नगरेको गुनासोको आधारमा गभर्नर अधिकारीलाई कारबाही गरिएको बताइएको हो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५