स्वीकृति नलिई पात्रो र भित्तेपात्रो प्रकाशन गरेमा कारबाही गरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • April 13, 2022
calander

  स्वीकृति नलिई  पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) प्रकाशन गरे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कारबाही गर्ने सूचना समितिले प्रकाशन गरेको छ ।

समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले २०७७ पुस २० गते स्वीकृत गरेको गठन आदेशको दफा ७ को उपदफा (ञ) र (ठ) अनुसार स्वीकृत नलिई पात्रो र भित्तेपात्रो प्रकाशन गर्न नपाइने व्यवस्था छ ।

समितिको स्वीकृति नलिई यस वर्ष तीन पात्रो प्रकाशन भएका छन् । नेपाल, मुक्तिनाथ र ज्वाला पञ्चाङ्ग समितिको स्वीकृति नलिई प्रकाशन भएका हुन् । यसैगरी हालसम्म नौ भित्तेपात्रो समितिको स्वीकृति नलिई प्रकाशन भएको पाइएको अनुगमन उपसमितिका सदस्य खिलहरि घिमिरेले बताए ।

समितिका स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोमा गोरखा उद्योग वाणिज्य सङ्घ गोरखा, हेल्पिङ सोसाइटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं महानगरपालिका-२५ टेङ्गाल, अर्थ वृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड न्युरोड, काठमाडौं, सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका-३ धादिङ, तिमल्सिना समाज केन्द्रीय कार्यालय काठमाडौं, धन प्राप्ति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, न्युरोड, काठमाडौँ, स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड, टोखा नगरपालिका–७, धापासी, काठमाडौँ, नोक्पिन हाउस, न्युरोड, काठमाडौँ र कृष्ण मोहना गौशाला सुदूरपश्चिम प्रदेशले समितिको गठन आदेश विपरीती स्वीकृति नलिई भित्तेपात्रो प्रकाशन गरेको पाइएको घिमिरेले जानकारी दिए ।

पहिलो चरणको अनुगमनमा तीन पात्रो र नौ भित्तेपात्रो स्वीकृति नलिई प्रकाशन भएको तथ्य अनुगमन उपसमितिले फेला पारेको हो । अनुगमन अहिले पनि जारी छ । अनुगमनपछि स्वीकृति नलिई प्रकाशन भएका अरू पात्रो र भित्तेपात्रोको सूची सार्वजनिक गरिने समितिले जनाएको छ ।

समितिसँग स्वीकृति लिएर हालसम्म १४ पात्रो र ८०० भन्दा बढी भित्तेपात्रो प्रकाशन भएका छन् । हाल दैनिक ५० भन्दा बढी भित्तेपात्रोले समितिसँग स्वीकृति लिएका छन् । राजधानी बाहिरबाट प्रकाशन हुने पात्रो र भित्तेपात्रोले अनलाइनबाटै स्वीकृति लिन सक्ने व्यवस्था गरिएको छ ।

रासस

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५