सरकारले मूल्य स्थिरीकरण कोषबाट नेपाल आयल निगमलाई ४ अर्ब २० करोड रुपैयाँ दिने निर्णय गरेको छ ।
आयल निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी) लाई तिर्ने पर्याप्त रकम नभएपछि सरकारले उक्त रकम उपलब्ध गराउने भएको हो । निगमले आगामी शुक्रबार इन्धन खरिदका लागि आईओसीलाई १९ अर्ब ४७ करोड रुपैयाँ तिर्नुपर्नेछ भने निगमसँग हाल १३ अर्ब रुपैयाँ मात्रै रहेको निगमले जनाएको छ ।
एनओसीले प्रत्येक १५ दिनमा आईओसीलाई भुक्तानी गर्दै आएको छ । निगमले हरेक महिना ९ अर्ब रुपैयाँ घाटा बेहोर्दै आएको छ भने चालु आर्थिक वर्षमा मात्र ३३ अर्ब रुपैयाँ घाटा बेहोरेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्