चुनावको मिति सार्न खोजे देश ठुलो दुर्घटनामा जान्छ : निर्वाचन आयोग

  • नेपाल राष्ट्रिय दैनिक
  • ३ बैशाख २०७९, शनिबार ११:०१
nirwachan aayog

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन स्थगित भए देशमा ठूलो दुर्घटना हुन सक्ने चेतावनी दिनुभएको छ ।

जनकपुरधाममा स्थानीय तह निर्वाचन २०७९ को सञ्चार अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले भन्नुभयो , ‘चुनावको मिति र गन्तव्य तय गरेर मिसाइल प्रक्षेपण गरिएको हो । यसलाई उल्टो, वरपर वा कुनै पनि तरिकाले परिवर्तन गर्न खोज्नु दुर्घटना हुनु हो । ‘

निर्वाचनको मिति तय हुँदा संविधान/कानूनमा छलफल र बहस भएको समेत उहांले बताउनुभयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचन प्रक्रियामा बाधा पु¥याउन आवश्यक नरहेको बताउँदै स्वच्छ, स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन हुने बताउनुभयो । उहांले यसै वर्ष प्रतिनिधिसभा, प्रदेशसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने समेत दाबी गर्नुभएको छ ।

उहांले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ ।

Share :
rabi lamichhane

सहकारीको रकमबाट पत्नी निकितालाई ४५ लाख भुक्तानी

बुटवल- बुटवलको सुप्रिम सहकारीको बचत ठगीसहितको अभियोगमा लामिछानेसहित २२ जनाविरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतबार मुद्दा दर्ता गरिएको छ  । सरकारी वकिलको कार्यालयले १४ जनाविरुद्ध नयाँ र ८ जनाविरुद्ध पूरक अभियोजन गरेको छ । अभियोगपत्रमा २२ जनाविरुद्ध ५५ करोड ५९ लाख ८३ हजार रुपैयाँ सामूहिक बिगो मागदाबी गरिएको छ । लामिछानेमाथि व्यक्तिगत २ करोड बिगो पनि दाबी गरिएको छ । सुप्रिम सहकारीबाट गोर्खा मिडिया[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५