कमल थापा नेतृत्वको राप्रपा नेपाल स्थानीय निर्वाचनमा सूर्य चिह्न लिएर चुनाबमा जाने भएको छ।
नेकपा एमालेको केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच आज भएको चुनावी तालमेलको सहमति अनुसार राप्रपा नेपालले सुर्य चिन्ह लिएर चुनावमा जाने भएको हो । सहमति अनुसार आपसी तालमेल गरेर उम्मेदवार उठाउने निर्णय भएको छ ।
सहमति अनुसार आफ्नो उमेद्द्वार नभएको स्थानमा राप्रपा नेपालले एमालेलाई सघाउनेछ भने एमालेले राप्रपा नेपालको उमेद्द्वार उठेको स्थानमा राप्रपा नेपाललाई सहयोग गर्नेछ।
यधपी केन्द्रिय तहको अनुमति पश्चात मात्र सहमति कार्यन्वयन हुनेछ। सहमति कार्यन्वयनको लागि दुवै दलले आवश्यक समन्वय र सहजीकरण गर्ने पनि उल्लेख गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस्