पशुपति क्षेत्र विकास कोषद्वारा बतास समूहको होटल आनन्दसँगको सम्झौता रद्द

  • नेपाल राष्ट्रिय दैनिक
  • April 4, 2022
hotel ananda pashupati dharmashala

पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशाला भाडामा सञ्चालन गर्दै आएको होटल आनन्दसँगको सम्झौता रद्द गरेको छ ।

होटल आनन्द प्रालिले सम्झौताका सर्तहरू पालना नगरेको भन्दै उक्त सम्झौता रद्द गरिएको हो । पशुपति क्षेत्र विकास कोष सञ्चालक समितिको बैठकले बतास समूहसँग भएको सम्झौता खारेज गर्ने निर्णय गर्दै सोही सूचना जारी गरेको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले ट्रष्ट र होटल आनन्दबीच भएको सम्झौता खारेज गर्ने सम्बन्धमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी तथा कर्मचारीले पठाएको पत्र बतास समूहले लिन अस्वीकार गरेको बताए । सञ्चालक समितिको बैठकले पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौता पालना नगरेको होटेल आनन्दको सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।

बतास समूहले सम्झौता रद्द गर्ने पत्र प्राप्त गर्न अस्वीकार गरे पनि पशुपति क्षेत्र विकास कोषले समूहको आधिकारिक इमेलमा पत्र पठाइसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनअनुसार बिहीबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्दलाई पत्राचार गरी सम्झौता खारेज गरेको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५