आर्थिक संकटका बीच श्रीलंकाका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका २६ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे दाजुभाइ हुन् ।
चरम आर्थिक संकटका कारण श्रीलंकाली नागरिकको आक्रोश बढ्दै गएको छ । सरकार विरोधी प्रदर्शन र लुटपाट बढेपछि देशव्यापी कर्फ्यू लगाइएको छ । श्रीलंकाका नागरिकले कर्फ्यूको विरोध गरेका छन् । आन्दोलनलाई नियन्त्रण गर्न सडकमा सेना परिचालन गरिएको छ ।
सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंका सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ। डलरको अभावका कारण श्रीलंकाले अत्यावश्यक खाद्यवस्तु, औषधि, इन्धन र अन्य वस्तु आयात गर्न सकेको छैन। यसअघि नक्कल र मसी किन्न पैसा नहुँदा विद्यालयको परीक्षा स्थगित भएको थियो । पेट्रोल पम्प र खाना पसलमा मानिसको लामो लाइन देखिन्छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्